
नारायणकाजीले मञ्चबाटै ऋषि धमलालाई हप्काएपछि…
२८ माघ २०७७, बुधबार १६:३८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मञ्चबाटै पत्रकार ऋषि धमलालाई हप्काएका छन् । प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोधसभामा श्रेष्ठले धमलालाई हप्काएका हुन् ।
सभामा नारायणकाजीले सम्बोधन गरिरहँदा धमलाले सहभागीसँग धारणा लिइरहेका थिए । सो दृश्य देखेपछि श्रेष्ठले मञ्चबाटै भने, “धमलाजी तपाइँ चुप लाग्नुस् । अर्काे कार्यक्रम नगर्नुस् । कार्यक्रम सकिएपछि कुरा गर्नुस् ।”त्यसपछि प्रहरीले धमलालाई भिडबाट बाहिर जान आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ
काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा