रामकुमारी झाँक्रीको घरबाहिर तनाव


काठमाडौं। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमै पुगेपछि उनको घरबाहिर तनाव भएको छ । झाँक्री स्वयं प्रहरीमा उपस्थित हुन अस्वीकार गरेपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको थियो । तर, प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिन खोज्दा रामकुमारीका समर्थक जम्मा भएर नाराबाजी गर्न थालेपछि तनावको स्थिति सृजना भएको छ ।

प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिन खोजेपछि समर्थकहरुले नाराबाजी गर्न थालेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर नाराबाजी गरिरहेका छन् । प्रहरीले अहिलेसम्म झाँक्रीलाई पक्राउ गरेको छैन । समर्थकहरुले प्रहरीलाई घरभित्र प्रवेश गर्नबाट रोकिरेका छन् । प्रहरीले पनि अहिलेसम्म बल प्रयोग गरेको छैन । केही समयअघि झाँक्रीले पत्रकारहरुसँग कुरा गर्दै राज्यलाई पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । राष्ट्रपतिलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यत्तिः दिएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिन लागेको हो ।


Loading comments...