
यहुदीका घरको चिनारी
१ पुष २०७५, आईतवार १४:४४
वल्र्ड एड्स कन्फ्रेन्स आयोजकले निम्तो पठाएका छन् । एउटा प्रस्तुति छ प्रि कन्फेरेन्समा अनि केहि समारोहहरुमा आफ्ना अनुभव बाँढ्न बोलाइएको छ, मेरो प्रथम यूरोप भ्रमण । म बहुतै खुशी थिँए अनि त्यसमा खुशी थपिएको अर्को कारण हो म यसपाला एकदिन पुरै एम्सटरड्याम शहरका गल्लीहरुमा यहुदीका घर नियाल्दै अनि अध्ययन गर्दै हिँड्नेछु ।
बिसेश्वर प्रसाद कोइरालाको हिट्लर र यहुदी मैले एकै गाँसमा सकाएको पुस्तक हो अनि फेरि पछि ‘द पियानीस्ट’, ‘द ब्वाई इन स्ट्रीप्ड पजामाज’ जस्ता चलचित्र हेरेपछि यहुदी प्रतिको मेरो जिज्ञासा बढ्दै गयो । यसपाला जुलाई मा नेदरल्याण्डसमा भएको विश्व एड्स कन्फ्रेन्स वरपरका १० दिने मेरो यूरोप बसाईमा मैले यहुदीका बसाँई अनि इतिहासका बारेमा धेरै जान्ने मौका पाएँ अनि चेष्टा गरें ।
साथी लेनर्ड रुबोस एउटा त्यही देशको नागरीक हो, धनाढ्य परिवारको लेनार्डको बसाँई एम्सटरडेमको ब्यस्त गल्लीका बिच छ । उस्लाई मैले नेपाल आँउदा केही ठाँउ घुमाएको छु अनि उ शायद केही दोस्ती अदा गर्न अनि केही आफ्नो देश मलाई घुमाउन चाहन्छ ।
हामी अब एम्सरड्यामको राई कन्फ्रेन्स सेन्टरबाट ट्राम चढेर अलिक पर पुगेर ओर्लियौं । यस ठाँउलाई सेन्ट्रल स्टेशन भनिन्छ, हाम्रो बसन्तपुर दरबार झैं । पुराना संरचना अनि एतिहासिक छुवन भएको त्यस ठाँउ वरपर धेरै यहुदिका घरहरु हुने गर्दथे रे ।
हामी अघि बढ्दै गयौं, एउटा बाटो छेउको सानो रेष्टुरेन्टमा मान्छेहरु बाहिर टेबलकुर्सीमा बसेर खाइरहेका छन् । लेनार्डले घरको मुलढोका माथि देखायो, त्यहाँ पुरानो ढुगांको सिलौटो जस्तो एउटा टुक्रामा केहि कुँदिएको थियो । एउटा तोप अनि केहि थान बन्दुक झैं लाग्ने गरि । त्यसलाई गाब्रियल स्टोन भनिन्छ, लेनार्डले सुनाँउदै गयो । यहुदिका घरमा यसरी मुलढोका माथि गाब्रियल स्टोन राख्ने चलन रहेछ, यस स्टोनले त्यस घरका मालिकको पेशाको संज्ञा दिने रहेछ । त्यस घर उबेलाका सैनिक पेशा गर्ने मान्छेको रहेछ । उ बेला अर्थात दृतिय विश्वयूद्ध अगावैको कुरा । त्यो घर शानदार थियो, रेष्टुरेन्ट कि सञ्चालिकासंग अनुमति मागेर हामी भित्र छिर्यौं, बडो चित्तोकर्षक थियो भित्र । ५० वर्ष कटिसक्दा पनि घरको रवाफ अनि शान उस्तै, बिचमा एउटा आगो बाल्ने ठाँउ अनि भित्तामा कुदिँएका अनगिनत आकारहरु । माथिको ठूलो झुमर अनि शानदार काठमा टेबल कुर्सीहरु । रेष्टुरेन्ट सञ्चालिकाका अनुसार त्यो घरका कुनै पनि सामानहरु अहिलेसम्म उनीहरुले परिवर्तन गरेका छैनन् ।
झ्यालहरु बाहिरबाट जति ठूला देखिए भित्रबाट त्यति नै चिटिक्क थिए ।
लेनर्ड र म सुस्तरि त्यहाँबाट निस्कियौं, उसले मलाई त्यस्ता धेरै यहुदीका पुराना घरहरुमा लिएर गए । अब त म आँफै पनि घर र त्यस घर बनाउने मान्छेको पेशा छुट्याउन सक्ने गरि गाब्रियल स्टोन पढ्न सक्ने भइसकें । ति घरहरुमा एउटा कथा छ अनि वेदना, घर छाड्न पर्दाका वेदना अनि हिटलर लगायतका आतकं पनि शायद ।
मेरो आमाको ठूलोबुवा अर्थात हजुरबुवा अमेरिका पढ्न जाँदा यहुदि कस्ता अनि को हुन भन्ने जिज्ञासा राख्नुभएछ । कलेजमा जाउ अनि सबैभन्दा राम्रा अनि बढि अकं ल्याउने अक्सर यहुदिका छोराछोरी हुन् भनेंर वहाँलाई वहाँको कलेजको प्राध्यापकले भनेको उत्तर अझै पनि सुनाँउनुहुन्छ । बास्तवमै यहुदिहरु सहि अर्थमा पुँजीवादी हुन लाग्छ मलाई पनि । यिनीहरुले ब्यापार बाणिज्यमा ठूलो हलचल अनि योगदान ल्याएका छन् । अहिलेपनि विश्वका धेरै धनाढ्यहरुमा यहि समुदायबाट नाम आउने रहेछ ।
हलिवुडको स्थापना देखि शेयर मार्केटको अवधारणा र वाल स्ट्रिटको शुरुवात सम्म नेपथ्यमा यहुदिहरुको वर्चस्व छ । एउटा देश नभएको समुदाय जो हजारौं वर्षसम्म पुस्तोंपुस्ता आफ्नै देश बनाउने वाचाका साथ अघि बढिरहे, अहिलेपनि यहुदिहरु एकआपसमा बिदा हुँदा अर्को वर्ष इज्रायलमा भेटौंला या जेरुसलेममा भेटौंला भनेंर बिदा हुन्छन् रे ।
उतिबेलै यति शानदार घरहरु बनाएर यहुदीहरु त तिम्रो देशमा धेरै शानसंग बसेका रहेछन्, मैले लेनर्डलाई सोधें ? यहाँमात्र हैन पुरै यूरोपभरि नै यहुदीहरु को वर्चस्व थियो । मुख्य पद, ब्यापार लगायत अन्य थुप्रै रणनैतिक ठाँउमा यहुदीहरु थिए, उनले जवाफ दिए ।
अघिल्तीर एउटा बन्द तर बिशाल ढोका आयो, त्यसभित्र ठूलै कम्पाउण्ड थियो अनि घरहरु निकै थिए । के यो चर्च हो ? मैले सोधैं ।
लेनर्डले उत्तर दियो कि त्यो चर्च हैन तर यहुदिहरुको कमोमेरेशन स्थल हो । त्यहाँ वर्षका अरु बेला लगभग कोही हुन्न तर बिशेष समारोहमा देश बिदेशवाट यहुदी परिवारहरु आउने गर्दछन् । उनीहरु त्यहाँ एउटा साँझ बिताँउदछन् जहाँ शहरका बिशिष्ट मान्छेहरु लाई पनि आमन्त्रण गरिन्छ। यसरी यहुदिहरु आउने दिन मात्र हैन कि वर्षैभरि त्यहाँ भित्र छिर्ने मान्छेहरुले मोबाइल या अन्य कुनै उपकरण अनि चप्पल लगाएर जान पाइन्न । त्यहाँ त्यस बिशेष साँझ केवल मैनबत्ति मात्र बालिन्छ र यसरी यति धेरै मैनबत्ति बालिन्छ कि पुरै त्यो कम्पाउण्ड नै झलमल हुन्छ रे ।
यहुदीहरु आफ्नो सस्कारमा कट्टर हुन्छन रे भनेंर मेरो डाक्टर दाइले पनि पहिल्यै सुनाएको थियो । रगत ट्रान्सफ्यूज गर्न नमान्ने अनि अपरेशन लगायतका कुराहरुमा पनि यहुदिहरु अझै सम्म कोही त धेरै नै अडिग बस्छन् रे ।
यहुदीहरुको घरभित्र के हुन्थ्यो त ? म अझै उत्सुक नै भइरहें ।
विश्वयूद्ध ताका यहुदीहरुलाई क्रमश यूरोपमा बस्न असहज गराइयो अनि निर्ममतापूर्वक भगाइयो, ति घरहरु उनीहरुले भागदौडमा बेचेर या छाडेर गएका थिए । एउटा यस्तो सुमदाय जो थोरै भएपनि विश्व हल्लाएर बसेको छ । भर्खरै ५० वर्ष पनि उमेर नपुगेको एउटा सानो देश जसले मध्यपूर्व हल्लाएर बसेको छ । मैले पढेको संझन्छु अल्वर्ट आइन्सटाइनका दिमाग अनि ज्ञानका कुराहरु अनि झसक्क हुन्छु शायद उनका पुर्खाहरु पनि कुनै समयमा यी घरहरुमा या गल्लीहरुमा आएका पो थिए कि ?
त्यो साँझ म एउटा अर्को पुरानो यहुदिहरुको घरमा रहेको ३०० वर्ष पुरानो बियर रेष्टुरेन्टमा गएँ, त्यहाँ गएर केही स्थानीय अनि केही बिर्के बियर चाखें । मनमा जिज्ञासा झनै बढ्दै गयो, आखिर यहुदीहरुको घरभित्र के् हुन्थयो ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले