
पशुपतिमा जलहरी राखिसकेपछि सर्वोच्चको अन्तरिम आदेश – काम रोक्नू
१२ फाल्गुन २०७७, बुधबार २३:४४
काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथमा सुनको जलहरी लगाउने काम रोक्न अन्तरिम आदेश गरेको छ । बुधबार सुनको जलहरी राखिसकेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै काम रोक्न भनेको हो ।
वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने काम रोक्न अन्तरिम आदेश जारी गरेका छन् ।
दुबै पक्षलाई फागुन १७ गतेका लागि थप छलफलका लागि बोलाएको छ । आदेशमा फागुन १७ गतेको छलफलपछि थप आदेश गरिने बताइएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गर्दै सुनको जलहरी राख्ने काम भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राष्ट्रपति भण्डारीले पूजा गरेपछि १०८ किलोग्रामको सुनको जलहरी राखिएको जानकारी दिएका थिए ।
प्रदेशसभा सदस्य वैद्य र अधिवक्ता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री एवं कोषका अध्यक्ष भानुभक्त ढकाल, कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष तथा जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक मिलनकुमार थापा, नेपाल राष्ट्र बैंक, गुठी संस्थान र पुरातत्त्व विभागलाई विपक्षी बनाएको छ ।
निवेदकले प्राचीन स्मारक संरक्षण ऐनअनुसार जलहरी राख्ने निर्णय कानुनसम्मत नभएको, आर्थिक कारणले समेत निर्णय औचित्यहीन भएको, नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले राज्यले धार्मिकस्थलमा हस्तक्षेप गरेको भन्दै अन्तरिम आदेश माग गरेका छन् ।
अदालतले छलफलका लागि दुवै निवेदकलाई बुधबार बोलाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ