drinking water

कति पानी पिउने ?


पानी जीवनको आधार हो । स्वास्थका लागि प्रशस्त पानी पिउनु आवश्यक छ ।

यदि तपाईं वजन घटाउनका लागि डाइट प्लान गर्दै हुनुहुन्छ भने पनि तपाईंका लागि पानी उत्तिकै आवश्यक हुन्छ । पानीले अक्सिजन र पोषक तत्वलाई शरीरका विभिन्न भागमा पुर्याउने मात्र नभई ‘इनर्जी बुस्ट’ गर्न पनि मद्दत गर्छ ।

तर, ज्यादा पानी पिउनाले तपाईंको डाइट प्लानलाई बेकार गरिदिन पनि सक्छ ।

हाम्रो शरीरमा जुन फ्याट (बोसो) जम्दछ, कहिलेकाहीँ त्यसमा पानीको हिस्सा पनि हुन्छ । यदि तपाईं एकैपटकमा धेरै पानी पिउनुहुन्छ भने तपाईंको मिर्गौलाले त्यो पूरै पानी एकै समयमा बाहिर निकाल्न सक्दैन । र, यो बोसोमा जमेर बस्छ । त्यसैले, एकैपटकमा धेरै पानी पिउनुको साटो थोरै–थोरै गरेर छिनछिनमा पिइराख्नुपर्छ ।

यद्यपि, तपाईंको डाइटमा सोडियम ज्यादा र पोटासियम कम छ भने तपाईंको शरीर ज्यादा पानी ग्रहण गर्न सक्षम हुन सक्छ ।

पिउने पानी शुद्ध नहुँदा पनि तपाईंको डाइट प्लान इफेक्टिभ नहुन सक्छ । पानीमा हुने केही अर्गानिक तत्वले शरीरको वजन बढाइदिन्छ ।
कति पानी पिउने ?

एक व्यक्तिले दिनभरमा कति पानी पिउनुपर्छ भन्ने निश्चित छैन । यो विभिन्न कुरामा निर्भर रहन्छ । जस्तो कि, तपाईंको वजन, तपाईं रहने वातावरण, तपाईंको काम आदि । गरम वातावरणमा रहने र शारीरिक परिश्रम पर्ने खालका काम गर्नेले ज्यादा पानी पिउनुपर्छ ।

सामान्यतया, महिलाले दिनमा कम्तीमा ३ लिटर पानी पिउनुपर्छ भने पुरुषले थप आधा लिटर पानी पिउनु राम्रो हुन्छ । तपाईंका लागि कति पानी आवश्यक छ, जान्नका लागि डाक्टरसँग सल्लाह गर्नुहोस् ।


Loading comments...