Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
facebook messenger

नक्कली फेसबुक पेज बनाउने पक्राउ

१६ फाल्गुन २०७७, आईतवार १९:३४


काठमाडौं- प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रहरीको नक्कली फेसबुक पेज बनाएर नेपाल प्रहरीको छवि विगार्ने र प्रहरीले गरेको काम काजप्रति भ्रम फैलाउने र आपराधिक क्रियाकलाप गर्दै हिँडेकाले फागुन १३ मा रुपन्देशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको जानकारी दिए ।

पक्राउ पोखरेललाई विद्युतीय कारोवार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई