
दाङमा न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ
१६ फाल्गुन २०७७, आईतवार १९:४६
सुर्खेत । दाङमा एक न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव सिंहले पक्राउको पुष्टि गरेका छन् । पोखरेललाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।
ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग