
रघुजी पन्तमा दरिद्र सोच रहेछ : कोमल वली
१६ फाल्गुन २०७७, आईतवार २०:५५
काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिडुँला देखाएर राष्ट्रिय सभा सदस्य भएको टिप्पणी गरेका थिए । पन्तले यसो भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाेरहेछ भन्ने बल्ल खुलेकाेछ।पंतजीलाई मेराे प्रश्न,तपाईकाे पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नुभएकाे हाे?केयाे देशमा महिला कुनै पदमा पुग्न तपाईकाे जस्ताे दरिद्रसाेचकाे सिकार हुनुपर्छ।
— Komal Oli (@OliKomal) February 27, 2021
‘२० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ओलीले सांसद बनाएको’ पन्तले भनेका छन् । ‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्,’ उनले अगाडि भनेका छन् ।
यो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले पन्तमा दरीद्र भएको अहिले प्रमाणित भएको बताएकी छिन् ।
साथै उनले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टिप्पणी गरेकी छिन् । ‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।
वली राष्ट्रिय सभा सदस्य तथा नेकपा ओली समूहकी केन्द्रीय सदस्य हुन् भने पन्त प्रचण्ड-नेपाल समूहका नेता हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री गर्ने समायवाधि फेरि परिमार्जन गरेको छ । केन्द्रीय कार्यालय
मुम्बई । अभिनेता कार्तिक आर्यन अब चलचित्र ‘दोस्ताना २’ मा नदेखिने भएका छन् । कार्तिकलाई यस चलचित्रबाट बर्खास्त गरिएको बलिउड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालुवाटारमा भएको
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आज (आइतबार) केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला कांग्रेसको