Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

किसान आन्दोलनका बारेमा अजय देवगनसँग प्रश्‍न गर्ने युवक पक्राउ

१९ फाल्गुन २०७७, बुधबार २३:५०


नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्‍न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय देवगनको गाडी रोकेर किसान आन्दोलनका बारेमा सवाल गर्ने ती युवकलाई मुम्बइ प्रहरीले पक्राउ गरेको हो ।

उनले भारतीय सुपरस्टार अजय भारतको कृषि कानुनको विरोध गर्दै आन्दोलनमा रहेका किसानहरुको बारेमा किन बोलिरहेका छैनन् भन्‍ने जिज्ञासा राखेका थिए । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार एक प्रहरी अधिकारीले २८ वर्षीय राजदीप सिंह नामका युवा एक सवारी चालक हुन् । उनी पञ्‍जावका हुन् ।

दिन्दोसी प्रहरी चौकीका प्रहरी अधिकारीले भने, “यो घटना मंगलबार बिहान साढे १० बजेको हो । २८ वर्षीय सिंहले गुणगाउको फिल्म सिटीबाहिर अजय देवगनको कारलाई रोक्नै आन्दोलनकारी किसानको समर्थनमा किन उनी बोलेनन् भन्दै प्रश्‍न गरेका थिए ।”

प्रहरीका अनुसार अजयका बडीगार्ड प्रतीप इन्द्रसेन गौतमले यस विषयमा प्रहरीलाई जानकारी गराएका थिए । उक्त जानकारीपछप प्रहरीले ती युवकलाई पक्राउ गरेको हो ।

सिंहविरुद्ध गलत तरिकाले सवारी साधन रोकेको, शान्ति भंग गरेको र जानाजान अपमान गरेको र आपराधिक धम्की दिएको आरोप लगाइएको प्रहरी इन्सपेक्टर धर्मेन्द्र काबलेले बताएका छन् । – बीबीसी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत