
अवैध आयात भएका मोबाइल जेठदेखि नचल्ने
२० फाल्गुन २०७७, बिहीबार १९:४७
काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्चालनमा ल्याइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्चालनमा ल्याउने जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनको तयारी भएको बताएका हुन् ।
यो प्रणाली सञ्चालनमा आएपछि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आईएमईआई) दर्ता नभएका मोबाइल नेपालका कुनै पनि नेटवर्कमा चल्दैनन् । उनले यो प्रणाली सञ्चालनमा आएपछि नेपालमा अवैध रुपमा भित्रिने मोबाइल चलाउन नपाइने बताए । यो उपकरण जडान भएपछि अवैध रुपमा नेपालमा भित्रिने मोबाइल बन्द भई राजस्व वृद्धि हुने साथै मोबाइल सेवा सुरक्षित तथा भरपर्दो हुने उनले बताए ।
यसैगरी उनले आईकाओसम्बन्धी सन्धि तथा दूरसञ्चार ऐनको व्यवस्थाअनुसार १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्चार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी पनि भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
जर्मनी। जर्मनीमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएपछि बुधबार संसदले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य नियम पारित गरेको छ। करिब दुइ
काठमाडौं। चीनमा एक २८ वर्षीय युवक भाइरल भइरहेका छन्। वास्तवमा झङ कुनवेइ नामका यी व्यक्तिले एउटा लेख लेखेका छन् जसमा
एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सि नासाले मंगल ग्रहमा एउटा सानाे हेलिकाेप्टरकाे सफल उड़ान गरेकाे छ । इनजेनिटी नामकाे उक्त ड्रोन
दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतले स्थलगत अध्ययन गरेका छन् । प्रतिनिधि सभाको बैठकमा