Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

क्लिनिकल ट्रायलको कागजात बिनै चिनियाँ खोप नेपाल ल्याउन लागिएको हो?

९ चैत्र २०७७, सोमबार २२:२०


काठमाण्डौ । कोरोनाविरुद्धको चिनियाँ खोप क्लिनिकल ट्रायलको कागजात बिनै नेपाल ल्याउन लागिएको छ ।

सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएको छैन । सो कागजात बिना खोपको प्रभावकारिता र सुरक्षा मापन गर्न नसकिने बिज्ञहरू बताउछ्न ।

यद्यपि चिनियाँ दूतावासको दबाबमा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप एक साता भित्रै नेपाल ल्याउन लागिएको हो । नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई हालसम्म विश्व स्वास्थ्य संगठनले पनि प्रयोगको लागि अनुमति दिएको छैन ।

चीनले घोषणा गरेको ८ लाख डोज खोपको नेपालकै खर्चमा ल्याउन यसै हप्ता लागिएको हो । उक्त खोप ल्याउन करीब १२ करोड नेरू खर्च हुने बुझिएको छ ।

यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा ल्याएर दिएको थियो ।

त्यस्तै विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ राजदूतावासहरूले बेग्लाबेग्लै सूचना सार्वजनिक गर्दै चिनियाँ खोप लगाएका व्यक्तिहरू मात्र चीन प्रवेश गर्नसक्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या