
विशाल पानीजहाज फसेपछि जलमार्गमा जाम
१३ चैत्र २०७७, शुक्रबार ०९:००
काठमाडौं । इजिप्टको स्वेज नहरमा विशाल मालवाहक जहाज फसेपछि उक्त जलमार्गमा आवागमन ठप्प भएको छ । यस जामपछि विश्वमा कच्चा तेलको आपूर्तिमा अवरोध हुने आशंका उत्पन्न भएपछि बुधबारदेखि तेलको मूल्य पाँच प्रतिशतले वृद्धि भएको छ ।
जलमार्गमा ठूलो जाम भएपछि इजिप्टले अन्य जहाजहरुको आवागमन सुरु गर्न स्वेज नहरको पुरानो च्यानल फेरि खोलेको छ । स्वेज नहर प्राधिकरणका एक अधिकारीलाई उधृत गर्दै कायरो न्युजले त्यहाँ अड्किएको ४ सय मिटर लामो, ५९ मिटर चौडाइ भएको फुटबल खेल्न चार वटा मैदान जत्रो जहाज निकाल्न आठ वटा डुंगा र मेशिनको प्रयोग गरिएको बताएको छ । जहाजलाई त्यहाँबाट निकाल्न अझ केही लाग्न सक्ने छ ।
पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको एभर गिभन नामक जहाजका कारण त्यहाँ दर्जनौं अरू पानीजहाजहरू अड्किएका छन् । अधिकारीहरूले जहाजलाई सुरक्षित बाहिर निकालेर स्वेज नहरमा ट्राफिक पुनः सुरु गर्ने बताएका छन् । जहाजका चालक दलका सबै सदस्य सुरक्षित रहेको बताइएको छ ।
अड्किएको पानीजहाज सन् २०१८ मा बनेको र त्यो दुई लाख टनको रहेको बताइएको छ । १९३ किलोमिटर लामो स्वेज नहरबाट विश्वको कुल व्यापारको १२ प्रतिशत व्यापार हुन्छ । यो एशिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्ग हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा