
भीम रावलको प्रतिक्रिया – निलम्बन गर्ने निर्णय निरंकुश र स्वेच्छाचारी कुकृत्य
१६ चैत्र २०७७, सोमबार २२:३७
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको निर्णयलाई अस्वीकार गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय अधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले अध्यक्ष केपी शर्मा ओलीबाट गरिएको निर्णयलाई भर्त्सना गर्दै पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् ।
ओलीले पार्टीको मर्मविपरीत कार्य गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल र नेता रावललाई कारबाही गर्दै ६ महिनाका लागि निर्णय गरेका थिए । ओलीले नेता नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै दुवै नेतालाई साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरिएको पत्र पठाएका थिए ।
यसबारे प्रतिक्रिया दिँदै नेता रावलले पार्टीबाट ओलीबाट भएको निलम्बन गर्ने निर्णय निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको बताएका छन् । ‘यो पार्टीको विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो,’ उनले भनेका छन् ।
पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी २८ फागुनमा गुटको भेला गराएर स्वेच्छाचारी निर्णय गराएको र पार्टी विधान कुल्चदै राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्चीमा बसेर चार नेतालाई स्पष्टीकरण सोधेको उनको भनाइ छ । पार्टी अध्यक्ष ओलीले नेता नेपाल, रावलका साथै सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि स्पष्टीकरण सोधेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा