
२ हजारसम्मको भुक्तानीमा पिनकोड राख्नु नपर्ने
२१ चैत्र २०७७, शनिबार १२:२९
काठमाडौं । माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ। कन्ट्याक्ट लेस कार्डले ग्राहकलाई सहज सेवा दिने बैंकले जनाएको छ।
जसअनुसार पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर राख्नु पर्दैन। कार्डको ट्याप एन्ड पे सुविधाका कारण पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ।
कन्ट्याक्ट लेस कार्ड अन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजारसम्मको भुक्तानी गर्दा पिन आवश्यक नपर्ने बताइएको छ।
२ हजार भन्दा बढीको कारोबारमा भने कार्डको पिन नम्बर राख्नुपर्ने जानकारी बैंकले दिएको छ। बैंकले उक्त सेवाका लागि आफ्नो अधिकांश पिओस मेसिनलाई ट्याप एन्ड पे सुविधायुक्त बनाएर स्तरोन्नति गरिसकेको बताएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
नक्कली भुटानी शरणार्थी समस्या राजनीतिक प्रकृतिको रहेको र यसले राष्ट्रिय राजनीतिलाई मात्र प्रभावित गर्ने जस्तो देखिए पनि, यो अति जटिल
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत