Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा आयोगको प्रयास

२ पुष २०७५, सोमबार १७:१६


आज राष्ट्रिय मानव अधिकार आयोग हरिभवनमा ‘आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा आयोगको प्रयास’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । बैदेशिक रोजगारका लागि हुने आप्रवासनलाइ सुरक्षित, ब्यबस्थित र मर्यादित बनाउने उद्देश्य रहेको यस पुस्तकमा मानव अधिारका राष्ट्रिय परिवेशहरु, प्रावधान, तथ्यहरु र तिनका विष्लेषण अनि सिफारिसहरु पनि समावेश छन् ।

विभिन्न खोज तथा रिर्पोटहरुको आधारमा तयार पारिएको यस पुस्तकमा आप्रवासी कामदारहरुको संरक्षणको लागि राष्ट्रिय कानुन, संरचना र अन्तराष्ट्रिय दस्ताभेज तथा राष्ट्रिय मानव अधिकार संस्थाका प्रयासहरुलाइ विशेष महत्वका साथ उल्लेख गरिएको छ ।

बैदेशिक रोजगारीका लागि हुने आप्रवासनलाइ मनव अधिकारको संरक्षण र सम्मान हुने गरी सुरक्षित र मर्यादित बनाउनका लागि आयोगबाट हाल सम्म भएका प्रयासहरु, अनुगमनहरु, अन्र्तक्रिया, परामर्श छलफल, विज्ञहरु संग परामर्श, प्रादेशिक सम्मेलनहरु, राष्ट्रिय परामर्श गोष्ठी, नेपाल भारतको सीमानाकाहरुको अनुगमन, अध्यागमन विभागको अनुगमन, बैदेशिक रोजगार विभागको अनुगमन, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अध्यागमन कक्ष र श्रम कक्षको अनुगमन, पीडितहरुसंगको प्रत्यक्ष भेटघाट तथा छलफलहरुबाट प्राप्त भएको तथ्य तथा सुझावहरुका आधारमा नेपाल सरकारलाइ नितिगत तथा कार्य विधिगत सुधारका लागि आयोगबाट सिफरिस गरिएको छ । यिनै विषयहरुलाइ केन्द्रित गरी आयोगबाट यो प्रतिवेदन तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग