
म्यानचेस्टर सिटी सेमिफाइनलमा
२ बैशाख २०७८, बिहीबार ०८:४१
काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब सिटी लामो समयपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो ।
सिटीले समग्रमा ४–२ को नतिजासहित आफ्नो स्थान सेमिफाइनलमा बनाएको हो । सिटीले पहिलो खेलमा डर्टमण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।
घरेलु मैदानमा डर्टमण्डले अग्रता बनाएको थियो । खेलको १५ औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
सिटीका लागि खेलको ५५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा टिमका लागि बराबरी गोल फर्काए ।
७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । सिटीले अब सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ