
आजको मौसम : यी हुन् आज असिनासहित वर्षा हुन सक्ने स्थान
४ बैशाख २०७८, शनिबार ०९:५६
काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना रहेको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
बैशाख ४ गते (शनिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
बैशाख ५ गते (आइतबार)
दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
बैशाख ६ गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज