
वैशाख महिनाभित्रै रेल चलाउने तयारी छ : मन्त्री नेम्वाङ
४ बैशाख २०७८, शनिबार २०:४३
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले वैशाख महिनाभित्रै जनकपुरधाम–जयनगर रेल चलाउने सरकारको आन्तरिक तयारी रहेको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले नयाँ वर्षको नयाँ महिनाभित्रै रेल चलाउने सरकारको योजना रहेको दाबी गरे ।
उनले भने,‘रेल छिटो चलाउनुपर्ने भएकोले कर्मचारीहरु जनकपुरधाम आइसकेका छन् । उनीहरुलाई दक्ष बनाउन दुई–चार दिनदेखि तालिमसमेत सञ्चालन भइरहेको छ । अब सम्भव भए वैशाखभित्रै हामी रेल चलाउँछौँ ।’
रेल चलाउने योजना सरकारको यसअघि नै रहे पनि लकडाउन र कर्मचारीअभावका कारण चल्न नसेकेको भन्दै मन्त्री नेम्वाङले ती सबै कुरा अब व्यवस्थापन भइसकेकोले चाँडै रेल गुड्ने कुरामाथि विश्वास गर्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।
कोभिड र दुई देशबीचको सीमानाका बन्द भएका कारण समस्या सिर्जना भएको भन्दै उनले अब यी समस्यालाई निराकरण गर्नका लागि सरकार लागिपरेकोले सबैजनालाई विश्वस्त रहन आग्रह समेत गरे ।
जयनगर–जनकपुरधाम रेलवे विस्तार गर्दै यसलाई भारतसँग दक्षिण र उत्तरको राजमार्गमा जोड्ने आयोजनाको ३५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ,‘ उनले भने, ‘महोत्तरीको बर्दिबाससम्म पूर्व–पश्चिम चल्ने विद्युतीय रेलमार्गसँगै जोडेर त्यस ठाउँमा जग्गा व्यवस्थापन गरी रेलवे सब स्टेसनसमेत चाँडै बनाइनेछ ।’
गएको वर्षदेखि नै समग्र विश्वलगायत नेपाल पनि कोरोना महामारीको चपेटामा रहेकाले समयमै रेल सञ्चालन हुन नसक्नु दुःखद रहेको सुनाउँदै मन्त्री नेम्वाङले अब कोरोनाले प्रभावित नगरे जनताको चाहनाबमोजिम वैशाखभित्र कुनै पनि हालतमा रेल चलाएरै छाड्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज