Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

महिनाको ९ लाख कमाउने २८ वर्षका युवकले गर्लफ्रेण्ड नपाएको झोंकमा लेखेको लेखले तरंग

९ बैशाख २०७८, बिहीबार ००:१४


काठमाडौं। चीनमा एक २८ वर्षीय युवक भाइरल भइरहेका छन्। वास्तवमा झङ कुनवेइ नामका यी व्यक्तिले एउटा लेख लेखेका छन् जसमा उनले चीनका आम मानिस प्रेमको खोजीमा भौंतारिइहेको तर उनीहरुबाट समाजले यति धेरै आशा गरेको छ कि उनीहरुले ती पूरा गर्न नसकिरहेको बताएका छन् ।

खासमा यी व्यक्तिले दुई पटक आफ्नो डेटिङ प्रोफाइल बनाएका थिए। त्यतिबेला यी व्यक्ति मोटा थिए र ३ हजार युआन (५५ हजार रुपैयाँ) कमाउँथे । झाङलाई उनको प्रोफाइलको कारण धेरै ट्रोल गरिएको थियो । त्यसपछि उनले आफ्नो प्रोफाइल डिलिट गरे ।

त्यसको केही समयपछि झाङले फेरि एकचोटि आफ्नो डेटिङ प्रोफाइल बनाए। उनले कडा मेहनतपछि यसपपटक धेरै पैसा कमाउन थालेका थिए र महिनाको करिब ५० हजार युआन (९ लाख रुपैयाँ) आम्दानी गरिरहेका थिए । तर यसपटक पनि ट्रोलिङ कम भएन र उनले फेरि एकपटक आफ्नो प्रोफाइल डिलिट गरे ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टअनुसार अहिले ती व्यक्तिले एक लेखमा भनेका छन्, ‘चीनमा कुनै पनि आम मानिसलाई गर्लफ्रेन्ड पाउन निकै कठिन छ । आधुनिक युगको दौरान पुरुषहरूलाई अत्यन्तै दबाबको अवस्था छ ।’ उनले समाजमा पुरुषको मूल्य कडा मेहनत गर्ने र पैसा कमाउनेमा मात्र सीमित भएको बताएका छन् । झाङको यो लेख भाइरल भइरहेको छ । थुप्रैले उनको समर्थन गरेका छन् भने कसै–कसैले यस लेखको कडा आलोचना पनि गरेका छन्।

एक जना व्यक्तिले उनलाई तलबअनुसार सफल व्यक्ति भएको बताउँदै सहानुभूति पाउन छुद्र हर्कत नगर्न सुझाव दिएका छन् । अर्कोतर्फ, वुहान विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापकले चीनको माइक्रोब्लगिङ साइट विबोमा यसबारे लेखेका छन् । उनले झाङको आलोचना गर्दै भने, ‘तिम्रो लागि कसैले श्रीमतीको व्यवस्था गर्न सक्दैन । यस्तो दबाब तिम्रो आफ्नै समस्या हो र यो सामाजिक समस्या होइन।’

झाङले चीनको शीर्ष कलेजमा अध्ययन गरेका छन्। उनले गुगलमा जागिर पाएका थिए तर उनलाई शिक्षकको रुपमा काम गर्न मजा लागिरहेको थियो र उनी आफ्नो पेसागत र व्यक्तिगत जीवनमा धेरै तनाव चाहँदैनथे । त्यसैले उनी आफ्नो घर नजिकै शिक्षकको रुपमा काम गरिरहेका थिए ।

झाङले ३ हजार युआन कमाइरहेको बेला उनीसँग धेरै समय हुन्थ्यो । तर, ५० हजार युआनको जागिर सुरु गरेदेखि नै उनी निकै व्यस्त भएका छन् । झाङले बताएअनुसार अहिले मानिसहरूले उनको तलबमा होइन उनको शारीरिक फिटनेसमाथि प्रश्न खडा गर्छन् र आधुनिक युगको ‘परफेक्सन’ संस्कृतिले गर्दा उनी यो लेख लेख्न बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,