Lifestyle Portal
  •   ११ मंसिर २०७९, आईतवार

श्रीलंकाले चीनमा उत्पादित कोभिड १९ बिरुद्धको खोप रोकेर भारतमा बनेको खोप प्रयोग गर्ने

११ बैशाख २०७८, शनिबार २१:३७

लोकप्रिय

श्रीलंकाले चीनमा उत्पादित कोभिड १९ बिरुद्धको खोप रोकेर भारतमा उत्पादित खोप प्रयोग गर्ने भएको छ ।

श्रीलंकामा कोभिड १९ बिरुद्धको चिनियाँ साइनोफार्म खोप रोकेर भारतमा उत्पादित कोभिशिल्ड खोप प्रयोग गर्ने भएको हो ।

चिनियाँ साइनोफार्म खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल पुरा नगरेको कारण हाल उक्त खोप लगाउन रोकेको श्रीलंका संसदका सह प्रवक्ता डा. रमेश पथिरानाले बताएका छन् । त्यस्तै, साइनोफार्म खोपको दर्ताबारे पुर्ण विवरण प्राप्त नभएको पनि उनले बताए ।

विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको साइनोफार्म खोपको दर्ता गर्न अझै समय लाग्ने देखिएको पनि पथिरानाले बताए । श्रीलंका मुख्य गरि बेलायतको अस्ट्रेजेनेका को भारतीय स्थानीय उत्पादन कोभिशिल्ड खोपमा निर्भर रहेको पनि सह प्रवक्ता पथिरानाले बताएका छन् ।

श्रीलंकाको संसदले पाँच करोड बीस लाख अमेरिकी डलर बराबरको लागतमा एक करोड डोज कोभिशिल्ड खोप भारतबाट निर्यात गर्ने स्वीकृत गरीसकेको छ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,