Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

चीनमा फैलिएका एक नेपाली

३ पुष २०७५, मंगलवार १५:५६


पुरानो राष्ट्रिय गान याद आँउछ

राखुन चिरायूईसले
प्रजा फैलियोस, पुकारौं जय प्रेमले
हामी नेपाली साराले….

यति भनेर बखत बहादुर बुढापिर्तीको संगितमा चक्रपाणी चालिसेको शव्दमा राष्ट्रिय गान समापन गरिन्थ्यो । यो हरफ अझै याद छ मलाई अनि जब जब बिदेशमा रहेका नेपालीले राम्रा काम गरेको अनि प्रख्यात भएको, यश कमाएको सुनिन्छ अनि कुरा गरिन्छ मेरो मष्तिष्कमा पुरानो राष्ट्रिय गानको यो हरफ ठोकीन पुग्दछ ।

कुरा आज राष्ट्रिय गानको पक्कै पनि हैन, आज लाइभमाण्डुमा एकजना नेपालीलाई प्रस्तुत गर्दैछौं जो बिगतका २ दशक भन्दा बढि चीनमा बसोवास गरेका पेशाले चिकित्सक यिनी चिकित्सकीय खोज अनि अनुसन्धानका अलावा चीनको सान्जी प्रान्तमा यूनिर्भसिटी अफ जीयान सिटीमा शोधकर्ताका रुपमा कार्यरत छन् ।

धनुषा जिल्लाको पर्वाहावाट भन्ने ठाँउबाट २२ वर्ष अघि अध्यनका लागि चीन पुगेका यिनको यात्रा, संघर्ष अनि उपलब्धीले आज नेपाली हुनुमा एउटा नयाँ आयाम सबै नेपाली मनमा दिएको छ । यिनको परिचय यतिमा मात्र सकिँदैन, यिनी चीनको जीयान शहरका नेपालका लागि नागरीक राजदुत पनि हुन्, गत जुलाईमा यिनलाई यो मानवी पद जीयान प्रान्तले दिएको हो ।

आउनुहोस् आज यिनै चिकित्सक प्रोफेसर डा. राजीव झासंगका वार्तालापमा केन्द्रित भएर कुरा गरौं । कुनै राजनैतिक बिचार धारा अनि कुनै पनि प्रकारको पूर्वाग्रह भन्दा पर रहेका यि नेपालीसंग कुरा गर्दा वास्तवमै यिनको देश प्रेम अनि देश बिकासको चाह झल्किने गर्दछ ।

कुराकानीको प्रथम चरणमा मैले वहाँको आफ्नो परिचयका कुराहरु वहाँलाई सोधें, वडो चित्तोकर्षक रुपमाउनले आफूलाई परिचय गराए । सरल एउटा चिकित्सक अनि नेपाल बाहिर रहेका नेपालीका रुपमा । वहाँले आफ्नो ज्ञान अनि समबन्धलाई नेपाल चीन बिचको मैत्रीपूर्ण समबन्ध सुधार अनि नेपालको सामाजिक आर्थिक स्तर उन्नतीका लागि लगाउने दृढता ब्यक्त गरे ।

मैले उनको यहि दृढतामा अर्को एउटा प्रश्न उठाँए । डाक्टर राजीव गएका २ दशक बढि देखि चीनमा रहेको हिसाबमा नेपालबाट लावालस्कर लागेका चीनमा अध्यन गर्न जाने नेपाली बिधार्थीको अवस्था कस्तो छ भन्ने बिषयमा । उनका अनुसार प्रायश बिधार्थीहरु एम वि वि एस लगायतको अध्यन पछि नेपाल फर्कने या ३ देखि ४ वर्ष सम्म मास्टर या पी. एच. डी. सकाएर देश फर्कने धेरै रहने हुन्छ । यद्धपीचीनमा काम गर्ने भीसा पाएर या त्यही ब्यवसाय गर्ने नेपाली भने निकै कम रहेको बताए । अर्को तर्फ आज भोली नेपालबाट सामान किन्न या ब्यवसायका लागि केही किन्न अनि बुझ्न आउने नेपालीहरुको संख्या बढेता पनि चीनमै आधारित नेपाली ब्यवसायी भनें धेरै नभएको बताए ।

उनका अनुसार चीनमा रहेका नेपालीहरु या पछिका दिनमा रहने नेपाली अनि प्रावधानहरु बिस्तार अनि नेपाल चीन समबन्ध सुधारका लागि नितीगत रुपमा नै कदम हरु चालिनु पर्छ । नेपालका बिषयमा भनें यिनी नेपालमा बस्ने नेपालीहरु भन्दा धेरै आशावादी पाइए । चीनमा र नेपालमा कार्य गर्ने अनि सरकारलाई सहयोग गर्ने कुरामा धेरै फरक छ । यिनी थप्दै गए अनि म टिप्दै गएँ । चीनमा सरकारले केही कदम चालेमा या केही प्रावधान ल्याएमा त्यहाँ समर्थन अनि सहयोग गर्ने चलन छ तर हाम्रो नेपालमा त्यस्तो छैन । उनको गुनासो के छ भनें हामी नेपालीहरु आफ्ने सरकार अनि परिवर्तन प्रति उदासिन छौं, हामी विरोध र असहयोग गर्दछौं तर चीनमा त्यस्तो छैन । हामी सरकारलाई फलो गर्दैनौं अनि हामी चाहिने भन्दा धेरै पोलिटिसाइज्ड छौं । हाम्रो हरेक कुरामा राजनिती घुसेको छ, विरोध आँफैमा नराम्रो हुदैन तर रचनात्मक उपायहरु अनि यसो गर्ने भन्ने नारा र बिचार सहित हुनपर्दछ ।

सरकार एक्लैले केहि गर्न सक्दैन र योजनाहरु साकार पार्न जनताको पनि समर्थन जरुरी छ जुन हामी गर्दैनौं । उनका अनुसार हामी चिकित्सक या ड्राइभर जे सुकै भएपनि आफ्नो काम गरेर भन्दा पनि राजनिती अनि पार्टीगत स्वार्थका कारणले निर्देशित हुने धेरै छौं । नेपाल आँउदा उनी जुनसुकै पेशाका मान्छेहरु या संगठनमा जाँदा पनि कोही राइटिस्ट त कोही लेफटिस्ट हुने, पार्टी अनि धारणाका गुटबन्धी हुने देखेर आफूलाई नराम्रो लाग्ने बताँउदछन् । पेशा एउटा धर्म हो, पेशालाई अन्य कुरा र गुटमा भन्दा त्यस पेशा मार्फत आफूले देशलाई अनि आफ्नै लागि पनि कसरी न्याय गर्न सकिन्छ भनेंर सोच्न जरुरी उनी ठान्दछन् । विद्यालयका कक्षाकोठा देखि नै राजनैतिक संगठनको पोलिटिकल डोज खुवाएर हामी कस्तो पुस्ता तयार गर्दैछौं त उनी प्रश्न गर्दछन् । काम गरेर भन्दा काम रोकेर पैसो कमाउने दाउ हेर्दै अरुको प्रभावमा धेरै पर्दछौं जुन गलत हो । विश्वका २ विशाल कार्य अर्थतन्त्र भएका देशहरुका बिच रणनैतिक रुपमा भएको नेपालले यी कुरा वाट केही फाइदा लिन र बिकास हुन सेकन । यो हाम्रै कमजोरीका कारणले भएको उनको ठम्याई छ, हामीले सरकारको भिजन पछ्याउनका साटो वाधा हाल्न मात्र धेरै खोज्दछौं जसले अन्तत देशको बिकास नै रोकिन्छ । अनि आरोप प्रत्यारोपको चलन पनि नेपालमा धेरै छ, उनी भन्दछन कि हामीमा चेतनाको बृद्धि जरुरी छ । आफु भन्दा राम्रो देख्दा केही आरोप लगाउने अनि सहि कुरालाई इगोका कारणले समर्थन नगर्ने र धेरै नकारात्मकता बोकेर नेपाली समाज पछाडि परेको हो । हामीले ट्रेड एण्ड ट्रान्सीटट्रिटि गर्यौं तर त्यसको फलो अप छैन् । हस्ताक्षरले देश बिकास हुँदैन् त्यसलाई लागू गर्न सबैको पहल जरुरी हुन्छ, उनी भन्दछन् ।

हामीले चीनसंग रेल वे को हस्ताक्षर गर्यौं, तर अबत्यसमा के कुरा बाँकी छ अनि काम किन अघि बढेन हामी बुझ्न चाहन्नौं । तर जब आरोप अनि प्रत्यारोपका कुरा हुन्छ हामी कम्मर कसेर आरोपका पोकाहरु छ्यापाछ्याप गर्न तयार छौं, के यो हो त नेपाली नागरीकको दायित्व ?

उनी त्यस्ता हरेक संझौता र सपनाहरुको फलो गर्न जरुरी छ । हेर्नुहोस् सरकार त ५ वर्षमा आउला जाला तर हामी जनता त सँधै हुन्छौं, हामी जनता यस बिषयमा सजग नभए कहिले हुनें ? मलाई उनले भनेंका अन्तका वाक्यले धेरै मन छोयो । उनी भन्दछन कि मैले सक्ने भए चाइनाबाट नेपाल आउने हरेक पर्यटकलाई रेलको एक एक मिटर लिग दिएर पठाँउथे तर त्यो संभव छैन् । सन् २०१६ को कुरा अब सन् २०१८ मा हुँदैछ तर म खुशी छु किनभनें केही त हुँदैछ कम्तिमा । म कुनै पार्टीमा छैन तर नेपाली हृदय लिएर बसेको छु, देश बाहिरवाट हेर्दा बिकासका काम भइरहेको छ । हामी आफ्नो तवरबाट अघि बढ्न र समर्थन अनि दायित्वहरु पुरा गर्दै अघि बढ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग