
स्वस्फूर्त अक्सिजन सिलिन्डर सहयोगमा युवा उद्यमी
२८ बैशाख २०७८, मंगलवार १५:१८
वैश्विक स्वास्थ्य संकट कोभिड-१९ को दोश्रो लहरबाट विश्व तरङ्गीत छ भने छिमेकी भारत लगायत नेपाललाई पनि गहिरो घाउ दिएको छ । यस्तो क्षण संक्रमित बाँच्ने एउटा आशा अक्सिजन तथा अक्सिजन व्यवस्थापनका लागि आवश्यक अक्सिजन सिलिण्डरको ब्यापक अभाव देखिन थालेको छ ।
शनिबार कास्की प्रहरीले विभिन्न स्थानमा रहेका वर्कसप तथा उद्योगहरुबाट अक्सिजन भर्न मिल्ने सिलिण्डर संकलन गरेर अक्सिजन उद्योगलाई हस्तान्तरण गरेको छ । यस कार्यलाई होस्टेमा हैंसे थप्न युवा उद्यमी तथा इन्जिनियर सागरमोहन भट्टराईले पनि स्वस्फुर्त रुपमा सिलिण्डर उपलब्ध गराउनुभएको छ ।
भट्टराईद्वारा सञ्चालित “विजयपुर मेटल एन्ड इन्जिनियरिङ उद्योग”मा रहेका ५ थान सिलिण्डर पोखरास्थित कालिगण्डकी अक्सिजन उद्योगलाई दिनुभएको हो । ‘अहिले संक्रमित आफ्नो जीवन रक्षाका लागि अक्सिजनका लागि भौंतारिएका छन् । अक्सिजन, संक्रमितहरुका लागि धेरै खाँचो छ, ५ वटाले मात्रै पनि धेरै काम गर्न सक्छ भनेर दिएको हुँ,’ वहाँले भन्नुभयो । वहाँले दिएका सिलिण्डर ४६ किलो अक्सिजन अट्ने क्षमताका हुन् ।
सिलिण्डर हस्तान्तरण आफ्नो मेटल उद्योगमा अक्सिजनको सहयोग बेगैर हुने काम मात्रै गर्ने पनि इन्जिनियर भट्टराईले जानकारी दिनुभयो ।
यहाँहरुसँग पनि प्रयोगमा नरहेको अथवा थन्किएर रहेका अक्सिजन सिलिण्डर छन् भने नजिकैको अक्सिजन उद्योग अथवा स्वास्थ्य संस्थालाई सहयोग गर्नुहोस् । सेवा नै धर्म हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान