अक्सिजन अभावका कारण कोभिडका बिरामी भर्ना गर्न नसकिनेः बयोधा अस्पताल


स्तरीय स्वास्थ्य सेवाका लागि परिचित काठमाण्डौको बल्खुस्थित बयोधा अस्पतालले कोभिड-१९ संक्रमितको उपचारमा अत्यावश्यक अक्शिजन अभावका कारण अनिश्चित कालसम्मका लागि थप नयाँ बिरामी भर्ना गर्न नसक्ने सन्दर्भमा अस्पताल प्रशासनका राजन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै सम्बन्धीत पक्षलाई अक्शिजनको सहज आपूर्ती गराइएको खण्डमा संक्रमितको उपचारमा बयोधा अस्पतालले पुनः निरन्तरता दिने कुरा समेत उल्लेख गरेको बयोधा अस्पतालले भर्ना भइसकेका र उपचारका क्रममा रहेका संक्रमितहरुका हकमा भने स्वस्थ्य नभएसम्मका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने समेत बताएको छ ।

विज्ञप्तीको पुरा पाठः
आदरणीय बिरामीवर्ग, आफन्तजन, पत्रकार तथा अन्य सबन्धित निकायतथा नागरिक महानुभाबहरुमा यस अस्पताल को तर्फबाट हार्दिक अभिवादन तथा सुस्वथ्यको कामना सहित यस बिज्ञप्ति जारी गरिएको छ ।

बिगत केहि हप्तादेखि नेपालमा देखा परेको कोरोना प्यानडामिकको वर्तमान लहरले काठमाण्डौ लगायत सिंगो देश लाई आक्रान्त परेको छ र यो क्रम केहि समय निरन्तर चल्ने देखिन्छ । कोभिड रोगको उपचार गर्नेक्रममा यसअस्पताल का सम्पूर्ण स्वास्थ्यकर्मी दिनरात लागिपरेको छन् र यस दौरान बिरामी बर्ग र आफन्तजनबाट पनि हामीलाई साथ सहयोग प्राप्त भइरहेको छ । सबैलाई थाहा भएको कुरा हो यस रोगको उपचारमा सबैभन्दा महत्वपूर्ण तत्व अक्सिजन हो त्यति मात्र होइन यस रोगको उपचारमा अक्सिजन सामान्य अवस्थामा भन्दा धेरै गुणा हाईफ्लो प्रबिधिद्वारा प्रयोग गरिन्छ जसले गर्दा सामान्य अवस्थामा एक हप्तालाई पुग्ने अक्सिजन हाल केहि घण्टाको लागि मात्र पुग्ने स्थीतको सृजना भएको छ ।

यस्तो अवस्था यस अस्पताल मात्र नभई काठमाडौं लगायत नेपालभरि देखिएको परिस्थितिमा हाल बजारमा अक्सिजनको चरम अभाव भएको कुरा सर्वविवितै छ । तसर्थ हालसम्म यस अस्पतालमा २५ शैया कोभिड आइ.सी.यु. – ICU संचालन हुदै आएको मा अब उप्रान्त अनिश्चित समयको लागि यस अस्पताल मा कोभिडको कुनै पनि बिरामी लाई भर्ना लिन सक्ने अवस्था नरहेको कुरा दुखका साथ यहाँ उल्लेख गरिन्छ । हाल यस अस्पतालमा भर्ना भइ उपचार गराई रहनु भएको बिरामी वर्गको हकमा यथासम्भव हाल अस्पतालमा मौज्दात रहेको र बाहिरबाट थोरै भएपनि आपूर्ति भइराखेको अक्सिजनको प्रयोग गरि अन्तिम घडीसम्म उपचार निरन्तर गर्ने प्रयास गर्नेछौं | यस दौरानमा बिरामीवर्गले आफ्नो स्वेच्छा अनुसार उपचारको अन्य विकल्प रोज्नुभएमा हामी तेहिअनुसर सहयोग गर्ने कोशिस पनि गर्नेछौ ।

यस महामारीको कठिन घडीमा यहाँहरुले हामीप्रति देखाउनुभएको विश्वास र धैर्यताको उच्च मुन्लांकन गरि आउने दिनहरुमा अक्सिजन सहज तथा पर्याप्त आपूर्ति भएमा फेरी कोभिड उपचार निरन्तर गरि जनसेवामा समर्पित हुने प्रण पनि गर्दछु । साथै आउने दिनहरुमा अक्सिजन आपूर्ति सहज तथा सुलभ बनाई दिनुहुन सम्बन्धित निकायलाई पनि यसै बिज्ञप्ति मार्फत अनुरोध गर्दछु । समझदारी र सहयोगको लागि धन्यबाद! बयोधा अस्पताल प्रशासनका तर्फबाट राजन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको वास्तविक प्रति


Loading comments...