
पछिल्लो पाँच दिनदेखि कोरोना संक्रमितको संख्या घट्दो क्रममा
३ जेष्ठ २०७८, सोमबार ००:५०
काठमाडौँ | गत बुधबारदेखि कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको संक्रमितहरुको तथ्यांकले देखाएको छ । गत मंगलबार नेपालमा हालसम्मकै धेरै ९ हजार ३१७ जना संक्रमित भेटिएका थिए, त्यसयता निरन्तर संक्रमितको संख्या घट्दै गएको छ ।
गत बुधबार संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ७९ जनाले घटेर ९ हजार २३८ मा झर्यो । त्यस्तै बिहिबार बुधबारको तुलनामा ३९६ जना कम भएर ८ हजार ८४२ मा झर्यो । त्यस्तै शुक्रबार संक्रमितको संख्या ८ हजार ४६७ मा झर्यो । सनिबार पनि अघिल्लो दिनको तुलनामा कोरोना संक्रमित संख्या घटेर ८ हजार ४६ मा झर्यो । त्यस्तै आइतबार (आज) संक्रमितको संख्या सनिबारको तुलनामा एकै दिनमा ६७८ जनाले घटेर ७ हजार ३६८ मा झरेको छ ।
नेपालका कोरोना संक्रमणको अवस्था एकाएक बढेपछि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना भईरसको इन्डियन भेरिएन्ट आएसंगै नेपालमा संक्रमणको कारण मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो समय कयौं बिरामीले अक्सिजन तथा समयमै उपचार नपाएको कारण मृत्यु भईरहेको गुनाशो आईरहेको बेला हालै चीन र खाडीका नेपालीहरुले गरि १८ हजार ५०० भन्दा बढी अक्सिजन सिलिन्डरहरु नेपाल पठाएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या ४ लाख ५५ हजार २० पुगेको छ । आजसम्म ३ लाख ३९ हजार ७५६ जना निको भएका छन् । हालसम्म कोरोनाको कारण ५ हजार एक जनाले ज्यान गुमाएका छन् । यो मृत्युदर कुल संक्रमितको १.१ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा कति परीक्षण भए ?
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप १९ हजार ४३९ जनाको पिसिआर परीक्षण तथा २४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यसरी परीक्षण गर्दा पिसिआर विधिबाट सात हजार ३१६ तथा एन्टिजेनबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म २७ लाख ७० हजार ९८० जनालाई पिसीआर बिधिबाट परीक्षण गराइएको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको भई घर फर्कनेको संख्या शनिबार पाँच हजार ४५५ रहेको थियो । तथ्यांक अनुसार हाल संस्थागत आइसोलेसनमा सात हजार ८०८ तथा होम आइसोलेसनमा एक लाख दुई हजार ४५५ संक्रमित रहेका रहेका छन् । हाल देशभर ७०१ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,