एलन मस्कको एउटा ट्वीट र चीनको एउटा घोषणाले पछारियो बिटक्वाइन


काठमाडौं। अघिल्लो महिना क्रिप्टोकरेन्सी बिटक्वाइनकोम मूल्य आकाशिएको थियो । बिटक्वाइनको मूल्यमा अचानक आएको भारी उछालले विश्वभरका मानिसहरु बिटक्वाइनतर्फ आकर्षित भएका थिए । तर,पछिल्लो केही दिनयता बिटक्वाइन नराम्रोसँग पछारिएको छ । पछिल्ला दिनमा यसको मूल्यमा भारी गिरावटको सिलसिला जारी छ । मार्केट क्यापिटलाइजेसनको हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा भारी गिरावट आएको छ ।

ब्लुमबर्गको रिपोर्टअनुसार आब १९ मे बुधबारका दिन इन्ट्राडेमा बिटक्वाइनको मूल्य घटेर ३८ हजार ५७० डलरमा झरेको छ । यो गएको फेब्रुअरी ९ पछिकै सबैभन्दा तल्लो स्तर हो । अघिल्लो महिना बिटक्वाइनको मूल्य आकाशिएको थियो । अप्रिल महिनामा बिटक्वाइनको मूल्य इतिहासकै उच्चतम स्तरमा पुगेको थियो । अप्रिलमा बिटक्वाइनले ६४ हजार ८२९ डलरको उच्चतम स्तर छोएको थियो । बिटक्वाइनसँगै एथेरियम क्रिप्टोकरेन्सीको मूल्यमा पनि भारी गिरावट आएको छ । यसको मूल्य ३ हजार डलरभन्दा तल झरेको छ । यसको मूल्यमा १ दिनमा करिब १७ प्रतिशतले गिरावट आएको छ । गत हप्ता मात्र एथेरियमको मूल्य ४ हजार डलरको स्तरमा पुगेको थियो ।

Bitcoin’s Obstacles Mount Amid China Cryptocurrency Warning

यसअघि १६ मेमा बिटक्वाइन ४५ हजार डलरको स्तरमा ट्रेड भइरहेको थियो । तर, टेस्ला इंक र स्पेसएक्सका संस्थापक तथा सीइओ एलन मस्कको एउटा ट्वीटपछि बिटक्वाइनको मूल्य घटेर ४२ हजार ५४७ मा झरेको थियो । एलन मस्कले ट्वीटमा उनको कम्पनी टेस्लाले अब गाडी किन्ने ग्राहकसँग बिटक्वाइनको रुपमा भुक्तानी नलिने बताएका थिए । यद्यपि उनले आफूले बिटक्वाइन नबेचेको स्पष्ट पारेका थिए ।

बुधबार बिटक्वाइनको मूल्यमा आएको भारी गिरावटको कारण चीनको एक अहम निर्णयलाई मानिएको छ । चीनको पिपुल्स बैंक अफ चाइनाले कुनै पनि किसिमको लेनदेनमा क्रिप्टोकरेन्सीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । चीनले वित्तिय संस्थानहरु र भुक्तानी कम्पनीहरुलाई समेत क्रिप्टोकरेन्सीसँग सम्बन्धित सेवा दिन प्रतिबन्ध लगाएको छ । यसका अलावा चीनले आफ्ना लगानीकर्तालाई क्रिप्टोकरेन्सी व्यापारका क्रममा सट्टेबाजसँग सतर्क रहन सल्लाह दिएको छ ।

चीनले क्रिप्टोकरेन्सी राख्नका लागि रोक भने लगाएको छैन । यसअघि पनि चीनले २०१७ मा क्रिप्टोकरेन्सी सटहीमा प्रतिबन्ध लगाएको थियो । त्यतिबेला पनि चीनको प्रतिबन्धले विश्वव्यापी बिटक्वाइन कारोबारमा ठूलो प्रभाव परेको थियो । अर्कोतर्फ बिटक्वाइनमा भारी गिरावटका कारण एलन मस्कको सम्पत्तिमा पनि भारी गिरावट आएको छ । सम्पत्तिमा भारी गिरावट आएसँगै एलन मस्क विश्वको दोस्रो धनीबाट तेस्रो धनीको स्थानमा झरेका छन् ।


Loading comments...