Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

लण्डन फेशन हाउसको अक्षयकोषमा दश लाख जम्मा, नेपालमा महिला सशक्तिकरणका लागि लगानी गरिने

८ जेष्ठ २०७८, शनिबार १८:२६


मनिषा डंगोल श्रेष्ठ बिभिन्न अन्तराष्ट्रिय उपाधीहरु जितेकी महिला उधमी हुन् जो बेलायतको लण्डनमा वसोवास गर्दछिन् । लण्डन र नेपाल दुबैतिर शाखा भएको लण्डन फेशन हाउसकी संस्थापक र महिला अधिकारकर्मीका रुपमा मनिषा डंगोल श्रेष्ठलाई चिनिन्छ । विगतको २ दशकको यात्रामा मनिषाले एउटी अन्तराष्ट्रिय बिधार्थीका रुपबाट आफ्नो पहिचान शुरु गरेर आज विश्वभरि नै आफूलाई एउटी उधमी र मिसेज नेपाल यूनिभर्सको सन् २०१८ की विजेताकी रुपमा विश्वभरि नै आफूलाई चिनाएकी छिन् । सन् २०१८ मा मिसेज नेपाल यूनिभर्सको टाइटल जितेपछि मनिषाले फिलीपीन्समा नेपालको प्रतिनिधित्व गर्दै ८० भन्दा बढि देशका प्रतिस्पर्धिसंग मिस यूनिभर्सको उपाधीका लागि प्रतिस्पर्धा गरेकी थिइन ।

बिवाहिता महिलाहरुका लागि मिस यूनिभर्स विश्वको सबैभन्दा ठूलो व्यूटि पेजेन्ट मानिन्छ । यस प्रतियोगीतामा मनिषाले मिस यूनिभर्स एन्जल हर्टको उपाधी जितेकी थिइन। यस एन्जल हर्ट उपाधी झैं मनिषा डंगोल श्रेष्ठले सामाजिक रुपमा असाह्य, विपन्न र सिमान्तकृत समुदायलाई सहयोग गर्ने बिभिन्न अभियानहरुको नेतृत्व र परिचालन गरेकी पाइन्छ । सेरिवल पाल्सी नेपालको गुडवील एम्वेसडर रहेकी मनिषा लण्डन र नेपालमा आधारित बिभिन्न सामाजिक संस्थाहरुमा संलग्न रहि सामाजिक कार्य गर्दछिन् ।

गैर आवासिय नेपाली एशोसिएसनको बेलायत शाखाकी यूवा समन्वयकर्ता समेत चुनिएकी मनिषा लाई समुदायमा आफ्नो श्रृजनशीलता र लगावका लागि बढि चिनिन्छ । राष्ट्रिय र अन्तराष्ट्रिय तहमा महिला हुनुको गर्वलाई उजागर गर्ने गरि मनिषाको नेतृत्वमा भएका बिभिन्न अभियान र कार्यक्रमहरुले आगामी पुस्ताहरुलाई नै एउटा नयाँ उदहारण कायम गरेको पाइन्छ । समुदायका बिभिन्न तह र तप्कामा भएका प्रतिभाहरुलाई मुलधारमा ल्याएर प्रष्फुटन गर्न मनिषाको नेतृत्वमा भएका कार्यक्रमहरुले विशेष योगदान दिएका पाइन्छन् । यूथ नाइट, ग्राजुएट नाइट, मिस र मास्टर नेपाल जुनियर, मिस्टर नेपाल यूके लगायत बिभिन्न व्यूटि पेजेन्टहरु मनिषाको नेतृत्वमा आयोजना भएका थिए भनें यसका अलावा मनिषाले अन्य थुप्रै विश्वव्यापी
व्यूटि पेजेन्टहरुमा आधिकारिक राष्ट्रिय निर्देशकका रुपमा योगदान दिएकी छिन् ।

आफ्नने देश नेपालवाट जति टाढा भएपनि देशका लागि केहि गर्ने उत्साह र दायित्वमा कुनै कमी नआएको बताउने मनिषाले नेपाली महिलाहरुको सशक्तिकरणका लागि दिर्घकालिन तवरले केहि गर्ने सोच रहेको बताँउदै आएकी थिइन । यस्का लागि संस्थागत क्रियाकलापहरु गर्नका लागि मनिषाले लण्डन फेशन हाउस फाउण्डेशनको स्थापना गर्दै त्यस्मा टुडेज वुमन परियोजना अन्र्तगत रु१० लाख नेपाली रुपैयाँको अक्षय कोष स्थापना गरेकी छिन् । आफ्नो जन्म दिनको उपलक्ष्य पारेर मनिषाले यो घोषणा गरेकी हुन् । उन्का अनुसार यस अक्षय कोष अन्र्तगत असहाय महिला र अपागं बालबालीकाको क्षेत्रमा बिभिन्न सामाजिक कार्यहरु सञ्चालन गरिनेछ ।

टुडेज वुमन नाम गरेर मनिषाले मशिला सशक्तिकरण उन्मुख विश्वस्तरिय पत्रिका प्रकाशन गर्दै आएकी छिन्, जस्लाई विश्वभरि नै नेपाली समुदाय समक्ष वितरण गरिने गरेको छ । आँउदा दिनमा हरेक वर्ष यस पत्रिकाको संस्करण प्रकाशन गरिने र विश्वभरिका उत्प्रेरक महिला सशक्तिकरण र बाल अधिकारका कथाहरु समेट्ने मनिषाको प्रतिवद्धता जाहेर गरेकी छिन् । यसै पत्रिकाको फाउण्डेशनको नाममा मनिषाले स्थापना गरेको अक्ष्य कोषले कोरोना विरुद्धको यस यूद्धमा नेपाली समुदायलाई हार्दिक सहयोग गरोस्, साथै मनिषा श्रेष्ठलाई पनि जन्म दिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न