Lifestyle Portal
  •   १४ जेष्ठ २०७९, शनिबार

संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाइ

११ जेष्ठ २०७८, मंगलवार २३:००

काठमाडौँ– सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा परेका रिटको पेशी तोकेको छ । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार रिटमध्ये अन्तरिम आदेश माग भएका १९ रिटको सुनुवाइ १३ गते बिहीबारलाई तोकिएको छ । त्यस्तै संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते शुक्रबारलाई तोकिएको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा ३० रिट निवेदन दर्ता भएका छन् । ती रिटमध्ये अन्तरिम आदेश माग भएका १९ र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिट रहेका छन् ।

अधिकांश रिटमा प्रतिनिधिसभा पुन:स्थापनाको माग गरिएका छन् भने केही प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका रिट रहेका सर्वोच्चले जनाएको छ । सुनुवाइको ईजलास भने सम्बन्धित दिन नै तोकिने सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको

भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल