अबदेखि सूचना विभागको प्रेस पास बिना पत्रकारलाई पनि हिँड्डुलमा रोक


काठमाडौँ– काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएसँगै पत्रकार तथा सञ्चारकर्मीलाई समेत हिँड्डुलमा कडाइ गरिएको छ ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै पत्रकारको हिँड्डुललाई समेत कडाइ गर्ने निर्णय गरेको हो ।

जस अनुसार अब पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागको प्रेस कार्ड बिना हिँड्डुल गर्न नपाइने भएको छ ।

सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासको आधारमा हिँड्डुल गर्न पाइने छ ।

‘पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।


Loading comments...