
बदामको फाइदा, क्यान्सरदेखि डायबिटिज भगाउन
१२ जेष्ठ २०७८, बुधबार ०२:५२
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै खाँदा फाइदा पुग्छ । बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँन देखि तौल नियन्त्रण डायबिटिजबाट जोगाउँ लगायतका बदाम निकै फाइदाजनक हुन्छ ।
यसका केही फाइदा यस्ता छन् :
क्यान्सरबाट बचाउँछः बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण क्यान्सर हुनबाट जोगाउँछ ।
डायबिटिजबाट जोगाउँछ: बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ।
मुटुसम्बन्धी रोगमा कमी : बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ।
वजन नियन्त्रणः बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्न सक्छ। मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।
डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस्।
छालामा चमकः बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ। बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन।
कोलेस्टेरोल नियन्त्रणःबदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।
गर्भवती र शिशुलाई फाइदाःबदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ। तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग