Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

आर्थिक वृद्धि बाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री

१४ जेष्ठ २०७८, शुक्रबार १६:५०


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताउनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उहाँले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताउनुभएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । उहाँले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिनुभयो । यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको छ । आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको छ ।

सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ ।”

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

नक्कली भुटानी शरणार्थी समस्या राजनीतिक प्रकृतिको रहेको र यसले राष्ट्रिय राजनीतिलाई मात्र प्रभावित गर्ने जस्तो देखिए पनि, यो अति जटिल

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत