Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

कोरोनासँग जुध्दै ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिछाड्छौंः अर्थमन्त्री

१८ जेष्ठ २०७८, मंगलवार १७:३७


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षभित्र ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै छाड्ने बताएका छन् । एपी१ टेलिभिजनको अन्तरवार्तामा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा अर्थतन्त्रको विकास ऋणात्मक भयो भन्दैमा आगामी आर्थिक वर्षको वृद्धिदर प्रभावित नहुने बताए ।

‘६.५ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ । कोरोनासँग डराएर बसियो भने सम्भव छैन् । हामी कोरोनासँग जुध्ने योजना बनाउँछौं, नागरिकलाई सचेत बनाउँछौं । आर्थिक गतिबिधी अघि बढाउँछौं । कोरोनाको खोप ल्याउँछौं । त्यसले ६.५ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छ ।’, अर्थमन्त्री पौडेलले भने । उनले चालु आर्थिक वर्षमा कोरोनाको दोश्रो लहर नआएको भए साढे ४ देखि ५ प्रतिशत वृद्धि सम्भव हुने दावी पनि गरे ।

उनले ६.५ को आर्थिक वृद्धिका लागि प्रो–एक्टिभ भएर काम गर्ने बताए । ‘यसपालीको आर्थिक वृद्धिदर माइनसमा भएपनि अर्काे वर्ष लक्ष्य हासिल हुन्छ । यसपालीको माइनसले अर्काेवर्षलाई प्रभावित गर्दैन् ।’, मन्त्री पौडेलले भने ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

नक्कली भुटानी शरणार्थी समस्या राजनीतिक प्रकृतिको रहेको र यसले राष्ट्रिय राजनीतिलाई मात्र प्रभावित गर्ने जस्तो देखिए पनि, यो अति जटिल

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत