
कोभिडविरुद्धको चिनियाँ खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिइने
१९ जेष्ठ २०७८, बुधबार ००:११
काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप दिइन लागिएको हो ।
तोएिको केन्द्रमा खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ । खोपको वितरण गर्दा दोस्रो मात्राको पनि सुनिश्चितता हुनेगरी व्यवस्था गरिएको मन्त्रालय अन्गर्ततको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
पछिल्लोपटक चीनले अनुदानमा दिएको १० लाख डोजमध्ये मंगलबार ९ लाख डोज नेपाल ल्याइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,