स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा २४ वर्षिय युवक पक्राउ


काठमाडौं । आफ्नो फेसवुक पेज तथा मेसेन्जर माफर्त डाक्टर तथा स्वास्थ्यकर्मीहरुको चरित्रहत्या गरेको आरोपमा विरगञ्जमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफुलाई सञ्चारकर्मी तथा अभियन्ता भनी Y.0.B नामको फेसबुक ग्रुपपेजबाट डाक्टर तथा स्वास्थ्यकर्मीलाई आपत्तिजनक शब्द प्रयोग गरी अनर्गल आरोप लगाई चरित्रहत्या गरेको तथा धम्क्याएको आरोपमा प्रहरीले घडीअर्वा बस्ने २४ वर्षका सौरभ साहलाई जेठ १८ गते पक्राउ गरेको हो ।

साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकताविरुद्धको कसूरमा ५ दिन म्याद थप गरि अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।


Loading comments...