गर्भावस्थाको समयमा शारिरिक सम्बन्ध : जानी राखौ झुठ अनि सत्यता


प्राय मानिसहरुको विश्वास यो छ कि, गर्भावस्थाको समयमा शारिरिक सम्बन्ध गर्नु हुदैन, जुन सत्य होइन । पहिलो ३ महिनामा धेरै थाकान तथा केही असहजताको कारण पार्टनरसँग नजिक हुन मन नलाग्न सक्छ । तर ३ देखि ६ महिनाको दौरानमा बान्ता आउन बन्द हुन्छ, जसले गर्दा पहिले भन्दा सहज महसुस हुन्छ । त्यसपश्चात शरिरमा लब हार्मोन (आँक्सीटाँकिन) बढन थाल्दछ । यस समयमा ब्लड प्रेसर पनि बढछ यस समयमा योनीमा चिल्लोपनको मात्रा पनि बढ्छ जसले गर्दा पार्टनरसँग सम्बन्धकोे लागि इच्छा बढ्ने गर्दछ । गर्भावस्थाको समय र सेक्सको विषयमा समाजमा कयौ यस्ता मान्यता छन जुन साचो छैन्न ।

गलत मान्यता एकः गर्भावस्थाको समयमा सेक्स गर्नाले भु्रण(बच्चा) लाई असर गर्न सक्छ ।
सत्य गर्भधारणको समयमा योनी तन्किएर केही ठुलो हुन्छ । यसले गर्दा गर्भाशयको बाहिर म्युकसले भरिएको तह जमेको हुन्छ, जसले सेक्सको समयमा बच्चालाई युट्रेस भित्र सुरक्षित राख्दछ् ।

गलत मान्यता दुई :सेक्स पश्चात रक्तश्राप हुनु भनेको योनीमा असर परेर हो
सत्य – गर्भाशय निकै संवेदनशिल हुन्छ , जसकारण केही रक्तश्राप हुन सक्छ जुन सामान्य कुरा पनि हो, तर धेरै रगत बगेको खण्डमा डाक्टरको सल्लाह लिनु पर्दछ ।

गलत मान्यता तिन : गर्भधारणको समयमा सेक्स गर्नाले योनीमा संक्रमण हुन सक्छ ।
सत्य – यदि तपाईको पार्टनरमा कुनै यौन जन्य रोग छैन भने तपाईले कुनै चिन्ता लिनु पर्दैन । यस्ता अवस्थामा आफुलाई सफा राख्नु भने जरुरी हुन्छ ।

गर्भावस्थाको समयमा सेकस गर्नाले बेफाइदा होइन बरु फाइदा हुन्छ ।

  • यसले तपाईको पेल्विक मसल्स मजबुत हुन्छ ।
  • गर्भधारणमा सेक्स गर्नाले व्लर्ड सर्कुलेशन राम्रो हुन्छ ।
  • यसले इम्युनिटिमा वृद्धि हुन्छ ।
  • राम्रो निन्द्र लाग्छ ।
  • अझ, महत्वपुर्ण यसले तपाई दुईको बिचमा माया बढ्छ ।
    त्यसैले गर्भावस्थाको समयमा यौनसम्बन्ध राख्न नडराउनु होस । यदि अरु कुनै प्रश्न भए आफनो डाक्टरबाट सल्लाह चाहि लिनु होला ।
  • *डॉक्‍टर श‍िल्‍पिता शानथप्‍पाको अन्तर्वाताको नेपाली अनुवाद

Loading comments...