
१ हजार ८२६ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
२१ जेष्ठ २०७८, शुक्रबार २२:४७
काठमाडौँ- देशभर हाल १ हजार ८२६ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
१ हजार ४२२ आईसीयूमा र ४०४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा २१२ जना आईसीयूमा र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा ११२ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७१६ जना आईसीयू र २५२ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १४४ जना आईसीयूमा र ३३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा १५८ जना आईसीयूमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी कर्णालीमा ४८ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् भने सुदूरपश्चिम प्रदेशमा ३२ जना आईसीयूमा र ११ जनाको भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,