
राउटे युवतीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह
२४ जेष्ठ २०७८, सोमबार ००:०४
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।
स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ ।
प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी