
स्वास्थ्य मन्त्रालयले भन्याे- खाली अक्सिजन सिलिन्डर भरेर राख्नु
२५ जेष्ठ २०७८, मंगलवार १५:३३
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली अक्सिजन सिलिन्डर भरेर राख्न अनुराेध गरेको छ । केही दिनयता कोरोना भाइरसको सङ्क्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै खाली अक्सिजन सिलिन्डर भर्न मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दाै खाली सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरेकाे छ ।
मन्त्रालयले भनेको छ, ‘उपचारका लागि अत्यावश्यक हुने अक्सिजन भर्नुपर्ने सिलिन्डरहरु विभिन्न कारणले देशका विभिन्न भागमा व्यक्तिका घर घरमा, टोल टोलमा, विभिन्न किसिमका आइसोलेसन सेन्टरहरुमा तथा अस्पतालहरुमा पुगेका छन् । ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ, अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अप्ठयारो पर्न जान्छ ।’
मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै व्यक्ति, संस्था, निकायहरुले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डरहरु यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराईदिनुहुन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत