Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

पूर्वप्रेमिकाको बिहेकै दिन महिलाको पहिरनमा उनलाई भेट्न जाने ‘पागल प्रेमी’ !

२५ जेष्ठ २०७८, मंगलवार २३:४०


नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ ।

भदोही गाउँका एक युवक आफ्नी पूर्व प्रेमिकाको विवाह समारोहमा उनकै घरमा महिलाको पहिरनमा लुकेर छिरे । उनी पूर्व प्रेमिकाको घर पुग्दा त्यहाँ विवाहको धुमधाम तयारी भइरहेको थियो ।

तर ती युवक भने नक्कली कपाल जोडेर, महिलाको कपडा लगाएर, फेसमा मेकअप समेत गरेर महिला जस्तै बनेर पूर्व प्रेमिकाको घर पुगेका थिए । रोचक त के भने उनी लेडीज चप्पल लगाएर र लेडीज ब्याग बोकेरै प्रेमिकालाई लुकेर चियाउन त्यहाँ पुगेका थिए ।

जब ती युवकको टाउकोबाट नक्कली कपाल बाहिर झर्न थाल्यो त्यसपछि वरपरका मानिस दंग परेर उनलाई हेर्न थाले । धेरैले ती युवकलाई समातेर उनीबारे सोधपुछ गर्न थाले । युवकले सत्य कुरा सबै बताए । खासमा त्यस दिनकी वेहुली ती युवककी पूर्व प्रेमिका थिइन् ।

 

उनले आफू कसैलाई थाहा नदिइकन लुकेर प्रेमिकालाई हेर्न आएको कुरा उनले भने र त्यस दिन लुकेर प्रेमिकालाई भेट्न समेत प्रयास गरेका थिए । तर वेहुली घरको माहोल बिग्रिन थालेपछि ती युवक आफ्ना साथीसँग मोटर बाइकमा चढेर भागे ।

तर ती युवकको यस्तो यस्तो हर्कतको भिडियो र फोटो विवाह समारोहमा उपस्थित भएका अधिकांशले खिचि सकेका थिए । भिडियो खिचेनन् मात्रै ती युवकको भिडियो केही बेरमै सामाजिक सञ्जालमा भाइरल भयो । यही जुन महिनाको पहिलो साताको यस्तो घटनाबारे भारत मात्रै नभएर पश्चिमा मिडिया सहित थुप्रै विदेशी मिडियाले समाचार बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले