Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

सूचना प्रविधिमा चिनियाँ खर्च एक वर्षमै तीन खर्ब ४६ अर्ब अमेरिकी डलर, के के गर्यो काम ?

३१ जेष्ठ २०७८, सोमबार ०६:४०


बेइजिङ । सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ ।

कोभिड–१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेलि–मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी) ले जनाएको छ ।

चिनियाँ सरकारले यस वर्ष आफ्नो १४ औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न शुरू गरेको छ । चीनले आगामी वर्षहरूमा प्रबिधि बिकासको खर्चलार्ई बृद्धि गर्ने आईडीसीले जनाएको छ ।

तथ्याङ्क अनुसार झेजियांग, जियाङ्सु र आन्हुई र शाङ्घाई नगरपालिका प्रान्तहरूमा रहेको याङ्जे नदी डेल्टा क्षेत्रले २०२१ मा आईटीका लागि ५१८ अर्बभन्दा बढी खर्च पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग