Lifestyle Portal
  •   ८ जेष्ठ २०७९, आईतवार

उपत्यकामा अब केही दिन बिराएर मात्रै धारामा पानी आउने, कहाँ कति दिनमा ?

३१ जेष्ठ २०७८, सोमबार २०:३२

लोकप्रिय

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ । त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक बितरण गर्न नसकिएको हो । सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी बितरण हुनेछ । त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ ।

दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा चक्रपथ भित्रका धेरै स्थानमा स्थानीयबासीले दैनिक रुपमा पानी पाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई