
क्रोएसिया बराबरीमा रोकियो
५ असार २०७८, शनिबार ०४:१६
काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अङ्क बाँडेको हो ।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो । हाम्पडेन पार्कमा भएको खेलमा चेक रिपब्लिकले अग्रता बनाएको थियो ।
खेलको ३७ औँ मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । ४७ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए ।
बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको थियो । यता चेक रिपब्लिकले २ खेलमा ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
‘नेपाल तेक्वान्दो महासंघ’का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेशन(आइटिएफ) को ‘अन्तर्राष्ट्रिय राजदूत अवार्ड’ प्राप्त गरेका छन् ।