Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

आफ्नो गुटमा नलागेपछि अर्का पक्षका नेतामाथि ज्यान मार्ने प्रयास

४ असार २०७८, शुक्रबार १६:५०


जसपा विवाद चर्किएर एकअर्कामाथि भौतिक आक्रमणसम्म उत्रिएको छ । आफ्नो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समूहमा लागेका महेन्द्र राय यादव समर्थकले महन्थ समूहका अर्का नेतामाथि आक्रमण गरेका छन् ।

आफ्नो पक्षमा नलागेको भन्दै महेन्द्र समूहकी नेतृ रुही यादवका श्रीमान महम्मद हबिबुल्लाको ज्यानै लिने प्रयास गरिएको छ । यसअघि महन्थ समूहमा नै रहेका महेन्द्र राय यादव हाल उपेन्द्र समूहमा नै छन् ।

महेन्द्र समूहमा नभएको झोकमा केही समर्थकले रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागेको भन्दै आक्रमण भएका कुरो रुही निकट श्रोतले जनाएको छ । आक्रमणबाट रुहीका श्रीमान समेत गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको छ ।

आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक