Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

कुन पसल कुन दिन खोल्ने पाइन्छ ?

७ असार २०७८, सोमबार ००:२१

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ ।

निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक फरक दिनमा फरक फरक खोल्न पाइने निर्णय गरेको छ ।

यस्तो छ पसलको सूची–
औषधी पसल– जुनसुकै समयमा खोल्न पाइने

प्रत्येक दिन, बिहान ११ बजेसम्म खोल्न पाइने– खाद्यान्न, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेशनरी

सोमबार, बुधबार र शुक्रबार– डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ

आइतबार, मंगलबार र बिहीबार– सुनचाँदा पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल

दैनिक दिउँसोमात्रै खोल्न पाइने– हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) बिहान ११ देखि ६ बजेसम्म मात्रै

अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी बेलुका ७ बजेसम्म

वर्कशप दैनिक बेलुका ७ बजेसम्म

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा

२२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको अवसरमा धनकुटा जिल्लाको हिलेमा २०७८ आश्विन