
ईसेवाबाट कुनै पनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने
२२ असार २०७८, मंगलवार २१:२२
काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाबाट कुनै पनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबार (आज)देखि यही असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।
यो अवधिमा ईसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा दिइएको ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।
“ईसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ । अहिले कोभिड महामारीको अवस्था छ । अहिले असार मसान्त भएको हुनाले बैंकको किस्ता तिर्नुपर्ने पनि हुनसक्छ । अर्कोतर्फ, डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा थोरै भए पनि लाभ होस् भन्ने उद्देश्यले हामीले निःशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौँ,” उनले भने ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम