Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

महिला स्वास्थ्य स्वयंसेविकाबाटै नवजात शिशुको हत्या

८ भाद्र २०७८, मंगलवार ११:५७

बैतडी, ८ भदौ

बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् ।

डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ । गाउँकै १७ वर्षीय किशोरसँग माधवीको अवैध सम्बन्ध रहेको बुझिएको छ ।

आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी र मंगलबार अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने प्रहरी निरीक्षक शाहीले बताए । कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान हुने उनको भनाइ छ ।

माधवीका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । माधवीका १३ वर्षीय छोरा छन् ।

न्यूज कारखानाको सहयोगमा

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ

कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई

भोजपुर । आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई