फोहोर टिप्ने बहाना बनाई घरमा चोरी गर्ने व्यक्ति पक्राउ


काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानमा घर, कारखाना तथा बाटोमा फ्यालिएका कार्टुनका टुक्राहरु लगायतका अन्य फोहोरमैला समेत उठाउने भेष बनाई खाली ताला लगाईराखेका तथा सुनसान घरहरुबाट मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा बिभिन्न सुन-चाँदीका गर-गहनाहरु चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा मिति २०७८/०२/०१ गते रातीको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ०३, लोकन्थली, राममन्दिर, बुढाथोकीगाउँ स्थित नरेन्द्रराज सिजापतीको घरबाट MI Notebook, Nokia मोबाइल सेट थान १, नगद रु. २७,०००।- लगायतका धनमाल समेत रु. १,८५,५००।- बराबरको धनमाल चोरी गरी लाने कार्यमा संलग्न जिल्ला ललितपुर, बालकुमारी बस्ने झोक्की भन्ने कुमार तोलाङ्गेलाई यस महाशाखाबाट खटिएको विशेष टोलीले मिति २०७८।०५।०८ गते अन्दाजी १६:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.३२ बालकुमारी पुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाईएको ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज झोक्की भन्ने कुमार तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा बि.सं. २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको भन्ने बुझिएको साथै अनुसन्धानको क्रममा FQXRB82 सिरियल नम्बर भएको Inspiron 3542 मोडलको कालो रङको Dell ल्यापटप तथा 81D1 मोडलको कालो रङको Lenovo ल्यापटप र VIVO मोबाईल थान १ बरामद भएकोमा सो सामानहरुको पीडित नखुलेकोले प्रमाण खुलाउन सक्ने व्यक्तिहरुले महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।


Loading comments...