Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति, सञ्चालक घाइते

१२ भाद्र २०७८, शनिबार २१:०५

सुनसरी, न्यूजकारखाना । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोशी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो । त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रेष्ठले जानकारी दिए । आगो भित्री रुपमा लागेपछि नियन्त्रणमा कठिनाई भएको थियो ।

हल सञ्चालक पर्शुाराम चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुवाको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताए । उनले आफ्नो हातमा पनि आगोले पोलेको बताए । उनी सामान्य घाइते बनेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।