प्रदेशसभा सांसद राई नेकपा (एकीकृत समाजवादी)मा खुले


खोटाङ । खोटाङका प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । प्रदेशसभा सांसद राई नेकपा एमालेबाट अलग्गिएको माधव नेपाल नेतृत्वको नेकपा (एस)मा खुलेका हुन् ।

राई सुरुदेखि नै माधव नेपालनिकट मानिन्छन् । निर्वाचन आयोगमा पुगेर नेकपा (एस)का लागि सनाखत गरेसँगै सांसद राई एमालेमै रहने झिनो आशा टुंगिएको छ ।

एमालेका अर्का प्रदेशसभा सांसद उषाकला राई भने एमालेमै रहेकी छन् । उषाकला १० भदौसम्म सामाजिक विकास मन्त्री थिइन् ।

प्रदेश नम्बर १ को मुख्यामन्त्री भीम आचार्य बनेर मन्त्रिपरिषद् गठनका क्रममा उनी मन्त्रीबाट बाहिरिएकी छन् । तीन जना प्रदेश सांसदमध्ये रामकुमार राई पासाङ भने नेकपा माओवादी केन्द्रका हुन् । बुधबार एमालेका ५१ प्रदेश सांसदमध्ये १० जनाले एमाले छाडेर नेकपा (एस)मा खुलेका छन् । न्यूजकारखाना


Loading comments...