
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
१९ भाद्र २०७८, शनिबार २२:४९
काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधबार अपराह्न ४ बजे बस्ने आह्वान गरिएको छ ।
अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याइने छ ।
संसद् अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए ।
राष्ट्रपति कार्यालयद्वारा जारी पत्र हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै