कांग्रेस अधिवेशन, मकवानपुर : ८९ वटा वडा निर्विरोध, १३ वडामा चुनाव


शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको अधिवेशन आज सोमबार सकिएको हो ।

पार्टी प्रवक्ता प्रदीप कोइरालाका अनुसार कांग्रेसले ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने १३ वटा वडामा चुनाव भएको छ ।

वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन् ।

समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ । पार्टी प्रवक्ता कोइरालाकाअनुसार विभिन्न जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिमलगायतको प्रतिनिधि निर्वाचित गरेको छ ।

अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिसकेको छ । मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तीमा १६ देखि ५० जना चयन गरेको छ ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन १८-२३ भदौभित्रमा गर्न निर्देशन दिएबमोजिम मकवानपुरमा आइतबारका लागि तोकिएको थियो ।


Loading comments...